इजरायलबाट २५० नेपाली लिएर काठमाडौं उड्यो नेवानीको जहाज – Nepal Press

इजरायलबाट २५० नेपाली लिएर काठमाडौं उड्यो नेवानीको जहाज

काठमाडौं । इजरायलबाट २५० जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ । बेन गुरियन विमानस्थलबाट केही बेरअघि उडेको विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछ ।

आज बिहान साढे २ बजे नेवानीको विमान इजरायलका लागि उडेको थियो ।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको विमान उद्धारका लागि इजरायल पठाइएको हो । क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।

मन्त्री साउदले नेपाली दूतावासका कर्मचारी साथै इजरायली अधिकारीसँग कुराकानीसमेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर