यूरोप, अमेरिकालाई ३०० वर्ष लागेको औद्योगिक क्रान्ति चीनले ३० वर्षमा गर्‍याे: ओर्बान – Nepal Press

यूरोप, अमेरिकालाई ३०० वर्ष लागेको औद्योगिक क्रान्ति चीनले ३० वर्षमा गर्‍याे: ओर्बान

काठमाडौं । नेटो सदस्य राष्ट्र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले औद्योगिक क्रान्ति गर्न चीनलाई तीस वर्ष मात्रै लागेको उल्लेख गरेका छन् ।

शनिबार रोमानियामा बोल्दै ओर्बनले औद्योगिक क्रान्ति गर्न यूरोप र अमेरिकालाई तीन सय वर्ष लागेको तर चीनलाई तीस वर्ष मात्रै लागेको बताएका हुन् ।

चीन प्रशोधन उद्योगमा अमेरिकालाई जितेर नयाँ पावरहाउस भएको भन्दै ओर्बानले अमेरिका अब विश्वको एक्लो सुपरपावर नहुने बताए । उनले अमेरिका र चीनको द्वन्द्व स्वभाविक भएको तर रोकथाम गर्न सकिने बताए ।

अमेरिका र चीनले एकअर्कालाई बराबरी मान्दा द्वन्द्व अन्त्य हुने उनले बताए । उनले भने,‘ ‘स्वीकार गरौँ कि अहिले अमेरिकी दबदबाको सट्टामा आकासमा दुई सूर्य छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर