राष्ट्रिय च्याम्पियन प्रिन्सलाई पराजित गर्दै प्रफुललाई उपाधि – Nepal Press

राष्ट्रिय च्याम्पियन प्रिन्सलाई पराजित गर्दै प्रफुललाई उपाधि

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाललाई पराजित गर्दै तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ उपाधि उचालेका छन् ।

निकै नै संघर्षपूर्ण खेलमा विश्व जुनियर नम्बर एक रहिसकेका दाहाललाई महर्जनले २१-१९, २१-२३, २१-१८ ले पराजित गर्दै उपाधी उचालेका हुन् । महर्जनको राष्ट्रिय प्रतियोगितिामा यो पहिलो उपाधि हो ।

उनी हालै मात्र जापान बसेर फर्केका थिए । प्रधानमन्त्री कपको पहिलो बिजेता दिपेश धामी रहेका थिए । धामीले फाईनलमा प्रिन्सलाई पराजित गर्दै उपाधी उचालेका थिए । यस्तै दोश्रो संस्करणमा प्रिन्सले उपाधी जितेका थिए ।

महिला एकलतर्फ भने चिर प्रतिद्वन्दी सेनाकी अनुमाया राईलाई पराजित गर्दै सेनाकी रसिला महर्जनले उपाधि जितिन् । महर्जनले २१-१८, २१-१६ ले जित निकाल्दै उपाधी रक्षा गरेकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *