रोहित र कुशलको साझेदारी तोडियो, कुशल १६ रनमा आउट – Nepal Press

रोहित र कुशलको साझेदारी तोडियो, कुशल १६ रनमा आउट

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ सँगको पहिलो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । २०५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १० ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ८२ रन जोडेको छ ।

दशौं ओभरको अन्तिम बलमा कुशल मल्ल १६ रन बनाएर आउट भए ।

नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले ४४ रनको साझेदारी गरे । यसअघि कुशल भुर्तेल १६ र अनिलकुमार साह ५ रनमा आउट भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर