महाकाली टापुमा १२ घण्टादेखि फसे २८-३० जना मजदुर, उद्धारको पहल जारी – Nepal Press

महाकाली टापुमा १२ घण्टादेखि फसे २८-३० जना मजदुर, उद्धारको पहल जारी

कैलाली ।कञ्चनपुरको महाकाली नदीमा ट्याक्टरसहित मजदुर थुनिएका छन् ।

नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ ट्याक्टरसहित करिब २८–३० जना मजदुर थुनिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

हिजो साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका फसेकाहरु अझै त्यही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले महाकालीको बीच टापुमा करिब अढाइ/तीन सय स्थानीय नदीजन्य वस्तु सङ्कलनका बेला त्यही टहरा बनाएर बस्ने गरेका छन् ।

सोही क्षेत्रमा अहिले ट्र्याक्टर र मजदुर बसिरहेको र कुनै जोखिम भने नरहेको उनले बताए । फसेकाको उद्धारका लागि पहल गरिए पनि जोखिम नभएकाले टापुमै बसिरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *