रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा – Nepal Press

रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो ।

अब फाइनलमा उस्ले जर्मन प्रतिस्पर्धी बोरुसिया डर्टमुण्डसँग खेल्नेछ । डर्टमुण्डले अर्को सेमिफाइनलमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि समग्रमा २० को जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

गएराती भएको खेलमा पहिलो अग्रता लिएको म्युनिखले उक्त अग्रता कायम गर्न नसक्दा हार बेहोर्नु परेको हो । ६८औं मिनेटमा अल्फोन्सो डेविसले बायर्नलाई अग्रता दिलाएका थिए तर ८८ औ मिनेटमा रियलका जोसेलुले गोल गरेपछी खेल १-१ को बराबरीमा पुग्यो ।

त्यसको ३ मिनेटपछिनै अर्थात इन्ज्युरी समयको पहिलो मिनेटमा जोसेलुले रियलको लागि पुनः अर्को गोल गरेपछि स्पेनिस ला लिगा च्याम्पियन रियल फाइनलमा पुग्न सफल बन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *