लुम्बिनीमा पहिलो पटक ‘स्कुल टु ओलम्पिक’ सुरु – Nepal Press

लुम्बिनीमा पहिलो पटक ‘स्कुल टु ओलम्पिक’ सुरु

रुपन्देही । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा रुपन्देहीमा पहिलोपटक स्कुल टु ओलम्पिक कार्यक्रम गरिएको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता (सीके)ले युवा र खेलकुदले देशलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनसक्ने भएकाले अभियानलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रमअन्तर्गत पूर्वमन्त्री तथा ओलम्पियन सुरेन्द्र हमाल, बैकुण्ठ मानन्धर, राजेन्द्र भण्डारी, पार्वती थापा, सरस्वती चौधरी, सोनिया भट्टसँग विद्यार्थीहरुले अन्तरक्रिया गरे ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर ईस्तियाक अहमद खाँ, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले खेलकुदको क्षेत्रमा सरकारले आवश्यक सोच बनाउन नसकेको धारणा राखे ।

ओलम्पिक एसोसियसन अफ नेपालका महासचिव तथा ओलम्पियन राजेन्द्र भण्डारीले एसोसियसनले विद्यालयस्तरमा खेल आकर्षण बढाउने गरी अभियान थालेको बताए ।

सरकारलाई मात्र दोष लगाउने प्रवृत्तिको अन्त्य गरी एउटा सफल ओलम्पियन बन्ने मूलमन्त्र खोजी गर्ने गरी कार्यक्रम गरिएको उनको भनाइ छ । विद्यालयस्तरमा आधारभूत खेलको ज्ञान दिनसके खेलाडीलाई सफल बन्दै अन्तर्राष्ट्रिय स्तरमा लाग्न प्रेरणा मिल्ने उनले दाबी गरे ।

परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले ओलम्पियनहरुको अगुवाइमा अघि बढाइएको कार्यक्रमलाई लुम्बिनी प्रदेशले साथ दिएको बताए । कार्यक्रममा रुपन्देहीका दुई दर्जन बढी सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरु सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *