दिपा र जलेन्द्र बने सुदूरपश्चिम आइकन – Nepal Press

दिपा र जलेन्द्र बने सुदूरपश्चिम आइकन

कैलाली । चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आईकन महिला विधाको अवार्ड दिपा रोकायाले हात पारेकी छन् । पुरुष तर्फको भने जलेन्द्र शाहीले अवार्ड पाएका हुन् ।

न्यु सिटी पोलिक्लिनिक सुदूरपश्चिम आईकन महिलामा आइकन अवार्ड पाउने रोकाया फुटबल खेलाडी हुन् भने माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष विधामाका विजेता शाही फेन्सिङका खेलाडी हुन् ।

कुस्तीकी मनीषा सिंह, र क्रिकेटकी कविता कुँवर पनि महिलामा आइकन अवार्डको मनोनयनमा परेकी छिन् । पुरुष तर्फ भने कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका थिए ।

सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजनामा हुन लागेको चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *