सत्तारुढ माओवादीको बहिष्कारबीच पारित भयाे मधेशको नीति तथा कार्यक्रम – Nepal Press

सत्तारुढ माओवादीको बहिष्कारबीच पारित भयाे मधेशको नीति तथा कार्यक्रम

जनकपुरधाम । मधेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ‌।

मंगलवार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उक्त नीति तथा कार्यक्रममा ५ सांसदले संशोधनको प्रस्ताव दर्ता गराएका थिए । दुई दिनसम्म छलफल चल्दा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री सरोज कुमार यादवले नीति तथा कार्यक्रममा देखिएको त्रुटी सम्बोधन हुने प्रतिबद्धता जनाए ।

मुख्यमंत्री यादवको प्रतिवद्धतापछि पांचै सांसदले संशोधनको प्रस्ताव फिर्ता लिए । त्यसपछि सभामुख रामचन्द्र मण्डलले नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको घोषणा गरेका छन् ।

नीति तथा कार्यक्रम पारित हुंदा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरु अनुपस्थित थिए । नीति तथा कार्यक्रम छलफल नगरी ल्याएको र रकमान्तरमा कमिशनको खेल भएको भन्दै माओवादीले बैठक बहिष्कार गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर