४ लाख १७ हजार भारतीय नोटसहित एकजना पक्राउ – Nepal Press

४ लाख १७ हजार भारतीय नोटसहित एकजना पक्राउ

रुपन्देही । कपिलवस्तुको कृष्णनगरस्थित सीमा नाकामा रहेको यात्रु गेटबाट ४ लाख १७ हजार भारतीय नोटसहित एक जना पक्राउ परेका छन् ।

भारतको बढनीबाट नेपालतिर आउँदै गरेका दाङको राप्ती गाउँपालिका- ३ बस्ने २२ वर्षीय राजकुमार पुनमगरले बोकेको हरियो रंगको झोला जाँच गर्दा उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

भारतीय पाँच सय दर ७९४ थान नोट र भारतीय दुई सय दरका एक सय थान स्रोत नखुलेको रकम बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय कृष्णनगरले मगरलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर