काठमाडौंबाट क्वालालाम्पुर उड्न लागेका चिनियाँ नागरिकसँग १० देशको अवैध रुपैयाँ – Nepal Press

काठमाडौंबाट क्वालालाम्पुर उड्न लागेका चिनियाँ नागरिकसँग १० देशको अवैध रुपैयाँ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले विभिन्न १० देशको अवैध रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ५८ वर्षीय फेङ चाङवेन बाटिक एयरबाट मलेसिया जान लागेको अवस्थामा आइतबार पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार चाङवेनको साथबाट ९ लाख ८ हजार रुपैयाँ नेपाली पैसा, भियतनामिज डोङ ४० लाख ५० हजार, कम्बोडियन रियल ५ हजार, भारतीय रुपैयाँ ७ हजार ८४० र लावोसियन किप २ लाख ५० हजार बरामद भएको छ ।

यस्तै सिंगापुर डलर २४२, मलेसियन रिंगट ३५१, थाई भाट एक लाख १३ हजार ९५०, चाइनिज युआन २१ र २ हजार अमेरिकी डलर पनि बरामद भएको प्रहरीले जनाएको छ ।

चाङवेनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर