भारतले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएसँगै नेपालमा के होला ? – Nepal Press

भारतले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएसँगै नेपालमा के होला ?

काठमाडौं । भारतबाट बिहीबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ । सो मूल्यसूचीमा पेट्रोल प्रतिलिटर २.४ रूपैयाँ र डिजेल प्रतिलिटर २.११ रुपैयाँ बढाइएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भारतबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपनि नेपालमा तत्कालै मूल्यवृद्धि नहुने बताए ।

उनले भने, ‘अहिले कार्यकारी निर्दशक उमेश थानी र निगमका अध्यक्ष मधुकुमार मरासिनी नै प्रधानमन्त्रीको भारत भ्रमणमा जानु भएको छ । अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदैन ।’

हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रूपैयाँ घटेर आएको छ ।

उपभोक्ताले अहिले पेट्रोलको प्रतिलिटर १ सय ७५ रुपैयाँ र डिजेल तथा मट्टितेल १ सय ५५ रुपैयाँमा मूल्य तिरेर प्रयोग गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर