सबै विषय अध्ययन गर्ने व्यक्तिले लाइसेन्स लिन पाउने – Nepal Press

सबै विषय अध्ययन गर्ने व्यक्तिले लाइसेन्स लिन पाउने

काठमाडौं । सरकारले अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति दिन पाउने व्यवस्था गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट घोषणा गर्दै यस्तो व्यवस्था मिलाउन लागेको बताए।
उनले भने, ‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइने छ।’

अहिले शिक्षा संकाय अध्ययन गरेकाले मात्रै शिक्षक लाइसेन्सको परीक्षा दिन पाउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर