फूलमालाले ढाकिएर जेलबाट निस्किए रेशम चाैधरी
२०८० जेठ १५ गते ७:४६
काठमाडौं । टीकापुर हत्याकाण्डका याेजनाकार रेशम चाैधरी गणतन्त्र दिवसमा आममाफी पाउँदै जेलमुक्त भएका छन् । डिल्लीबजार कारागारबाट निस्किदा उनलाई विजेता शैलीमा स्वागत गरियाे ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको स्वागतमा बिहानैदेखि कारागार परिसरमा भिड लागेको थियो ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् ।
उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित सयौं नेता कार्यकर्ता, शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए ।
रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।
प्रतिक्रिया
लोकतान्त्रिक गणतन्त्र र कानुनी शासनको खिल्ली उडाउँदै कम्फर्टेबलवादीहरू अपराधलाई राजनीतिकरण गरेर अपराधीलाई आममाफीमात्र दिएनन् लोकतान्त्रिक गणतन्त्र विरोधीलाई यसका विरूद्ध बोल्ने आधार बनाइदिए। अब सडकछाप लोकप्रियतावादीहरूले वंशवादीसँग मिलेर लोकतान्त्रिक गणतन्त्र विरोधमा राजनीति गर्नेछन्।
अब पूर्वका पहिचानवादीलाई पनि बाटो खुल्यो । जे गरे पनि यी हत्याराहरू सरकारमा भए पछि छुटाईहाल्छन् ।