प्रधानमन्त्रीको विरोध गरेकोमा प्रहरीले मुख थुन्दै पक्राउ गरेका युवा जेल चलान – Nepal Press

प्रधानमन्त्रीको विरोध गरेकोमा प्रहरीले मुख थुन्दै पक्राउ गरेका युवा जेल चलान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना ५ हजार रुपैयाँ धरौटी नबुझाएपछि कारागार चलान भएका छन् ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार उनीहरुलाई डिल्लीबजार कारागारमा राखिएको छ। नयाँ बानेश्वरमा प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले मुख थुन्दै बझाङका विप्लव खड्का, सोलुखुम्बु्का उद्धब बस्नेत र बाग्लुङका सोम शर्मालाई पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला प्रशासन प्रमुख घनाश्याम उपाध्यायले आइतबार जनही ५ हजार धरौटीमा छाड्ने आदेश गरेपनि नबुझाएपछि उनिहरु कारागार चलान भएका हुन् । प्रहरीले उनिहरुलाई चैत ७ गते पक्राउ गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर