गाडी, बाइक, रक्सी र मोबाइलको आयात प्रतिबन्ध फुकुवा, कहिलेदेखि हुन्छ आयात ? – Nepal Press

गाडी, बाइक, रक्सी र मोबाइलको आयात प्रतिबन्ध फुकुवा, कहिलेदेखि हुन्छ आयात ?

काठमाडौं । अर्थतन्त्र सङ्कटमा भएको बेला नै सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पुस १ गतेदेखि लागू हुने गरी गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको हो । उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडूले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा भएको बताए ।

आयात प्रतिबन्ध लगाएका बस्तुहरू खुलाउनको लागि मुख्यसचिवको संयोजकत्वमा अध्ययन समिति बनेको थियो । सो समितिले प्रतिबन्ध फुकुवा गर्दा हुने सिफारिस गरेको थियो । त्यही अध्ययनको सिफारिस अनुसार सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको हो ।

नेपालमा अहिले १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ विदेशी मुद्रा संचिती रहको छ । यो रकम करिब ८ महिनाका लागि मात्रै बस्तु आयात गर्ने पुग्ने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले वैशाखदेखि गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको थियो ।
अब सबै खाले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात गर्न पाइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर