२२ वर्ष हुँदा गरेको अपराधको सजाय ४९ वर्ष पुगेपछि भोग्दै – Nepal Press

२२ वर्ष हुँदा गरेको अपराधको सजाय ४९ वर्ष पुगेपछि भोग्दै

रुपन्देही । २७ वर्षअघि रुपन्देहीको जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । २०५२ पुस २५ गते रुपन्देही जिल्ला अदालतको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेका रुपन्देही सैनामैना ८ का ४९ वर्षीय पुजारी थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो ।

दोषी ठहर भएपछि थारु लुकिछिपी बसिरहेका थिए। देवनारायण थारु र तत्कालीन श्री ५ सरकारको जाहेरीले चोरी मुद्दामा कैद र जरिवाना ठहर भई हालसम्म फरार रहेका साविक दुधराक्ष–०८ हालको सैनामैना नगरपालिका–०८ वस्ने वर्ष ४९ को पुजारी थारुलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउपछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा शुक्रबार नै कारागार चलान गरिएको छ ।

यसैबीच मानिस मृत्यु भएको सवारी ज्यान मुद्दामा कैद ठहर भई ९ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् ।रुपन्देही जिल्ला अदालतको २०७० माघ ७ गतेको फैसलाले सवारी ज्यान मुद्दामा दोषी ठहर भई विगत ९ वर्षदेखि लुकिछिपी बसिरहेका सिताराम थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो ।

डिलाराम घिमिरेको जाहेरीले सवारी ज्यान मुद्दामा तीन महिना कैद ठहर भई हालसम्म फरार रहेका साविक सालझण्डी गा।वि।स–०८ हालको सैनामैना नगरपालिका–११ वस्ने वर्ष ४० को सिताराम थारुलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले बुक्रबार पक्राउ गरेको हो ।

पक्राउपछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा सोही दिन नै कारागार चलान गरिएको हो । लापरवाही तरिकाले टेक्टर चलाउँदा मानिस मृत्यु भएको सवारी ज्यान मुद्दामा दुई वर्ष कैद ठहर भई ६ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर