मधेस : २९ क्षेत्रको गणना भइरहँदा एमाले अगाडि, कांग्रेस र स्वतन्त्र हाराहारी – Nepal Press

मधेस : २९ क्षेत्रको गणना भइरहँदा एमाले अगाडि, कांग्रेस र स्वतन्त्र हाराहारी

जनकपुरधाम । मधेस प्रदेशका ३२ प्रतिनिधिसभा क्षेत्रमध्ये २९ क्षेत्रको मतगणना जारी छ । ताजा परिणामअनुसार नेकपा एमाले ८, नेपाली कांग्रेस ६, जसपा ३, नेकपा एस र माओवादी २-२, लोसपा र जनमतका उम्मेदवार १-१ ठाउँमा अगाडि छन् । स्वतन्त्रका उम्मेदवार कांग्रेसकै हाराहारी ६ क्षेत्रमा अगाडि देखिएका छन् ।

प्रारम्भिक रुझानले मधेश प्रदेशमा जसपासँग गठबन्धन गरेको नेकपा एमाले पहिलो दल बन्ने संकेत देखाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर भने अहिलेसम्म पछि परिरहेका छन् ।

अगाडि देखिएका एमालेका उम्मेदवार :

धनुषा २ उमाशंकर अरगरिया
जसपाका आनन्द यादव र काँग्रेसका रामकृष्ण यादव पछ्याउँदै

धनुषा ३ : जुली महतो
लोसपाका अनिल झा पछ्याउँदै

सर्लाही ३ : हरिप्रसाद उप्रेती
माओवादीका नरेन्द्र साह पछ्याउँदै

बारा १ : अच्यूतप्रसाद मैनाली
कांग्रेसका उमाकान्त चौधरी पछ्याउँदै

बारा ३ : ज्वालाकुमारी साह
जसपाका रामबाबु यादव पछ्याउँदै

पर्सा ३ : राजकुमार गुप्ता
कांग्रेसका सुरेन्द्र चौधरी पछ्याउँदै

सिरहा १ : रामशंकर यादव
कांग्रेसका पदमनारायण चौधरी पछ्याउँदै

सिरहा ३ : लीलानाथ श्रेष्ठ
माओवादीका विश्वनाथ साह पछ्याउँदै

अगाडी देखिएका कांग्रेसका उम्मेदवार

सप्तरी ३ : दिनेश यादव
एमालेका ताराकान्त चौधरी पछ्याउँदै

सप्तरी ४ : तेजुलाल चौधरी
जसपाका बालकिशोर यादव पछ्याउँदै

रौतहट ४ : देवप्रसाद तिमल्सिना
एमालेका उद्धवप्रसाद रेग्मी पछ्याउँदै

पर्सा २ : अजय चौरसिया
जसपाका सुरेन्द्रप्रसाद कुर्मी पछ्याउँदै

पर्सा ४ : रमेश रिजाल
एमालेका जालिम मियाँ पछ्याउँदै

सिरहा २ : चित्रलेखा यादव
जसपाका राजकिशोर यादव पछ्याउँदै

अगाडि देखिएका स्वतन्त्र उम्मेदवारहरू

सर्लाही १ : मानबहादुर खड्का
लोसपाका रामप्रकाश चौधरी र जसपाका प्रमोद साह पछ्याउँदै

सर्लाही ४ : अमरेशकुमार सिंह
कांग्रेसका नागेन्द्र यादव पछ्याउँदै

बारा २ : रामकिशोर प्रसाद यादव
माओवादीका शिवचन्द्र कुशवाहा पछ्याउँदै

रौतहट ३ : प्रभु साह
स्वतन्त्र उम्मेदवार ओमप्रकाश साह पछ्याउँदै

रौतहट २ : किरणकुमार साह
कांग्रेसका मो. फिदरोज आलम पछ्याउँदै

महोत्तरी ३ : रामआधार कापर
महन्थ ठाकुर पछ्याउँदै

अगाडि देखिएका जसपाका उम्मेदवारहरू

सप्तरी १ : नवलकिशोर साह
कांग्रेसका रामदेव साह पछ्याउँदै

धनुषा १ : दीपक कार्की
राप्रपाका मनोजमल्ल ठकुरी र माओवादीका मातृकाप्रसाद यादव पछ्याउँदै

पर्सा १ : प्रदीप यादव
स्वतन्त्र उम्मेदवार अजय कुमार द्धिवेदी पछ्याउँदै

अगाडि देखिएका माओवादी उम्मेदवारहरू

सर्लाही २ : महिन्द्रराय यादव
लोसपाका राजेन्द्र महतो पछ्याउँदै

महोत्तरी १ : गिरिराजमणि पोखरेल
एमालेका लक्ष्मी महतो पछ्याउँदै

अगाडि देखिएका नेकपा एसका उम्मेदवारहरू

रौतहत १ : माधवकुमार नेपाल
एमालेका अजयकुमार गुप्ता पछ्याउँदै

बारा ४ : कृष्णकुमार श्रेष्ठ
एमालेका एकवाल मियाँ पछ्याउँदै

लोसपा

महोत्तरी २ : शरतसिंह भण्डारी
एमालेका रामपरिक्षण यादव पछ्याउँदै

जनमत

सप्तरी २ सीके राउत
जसपाका अध्यक्ष समेत रहेका उम्मेदवार उपेन्द्र यादव पछ्याउँदै


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *