मधेसमा छठको रमझम, आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू) – Nepal Press

मधेसमा छठको रमझम, आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)

जनकपुरधाम । मधेसका जिल्लाहरूमा छठको रमझम देखिएको । ग्रामीण भेगदेखि सहरसम्मको जलाशयमा दुलहीझैँ सिँगारिएको घाटमा आज व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिइएको छ ।

स्थानीय रूपमै माटोले बनाइएको माटोको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चंगेरासहितमा प्रसाद राखी जम्मा भएका व्रतालुहरूले जलाशयको दृश्य मनमोहक देखियो ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा व्रतालुले दुवै हातमा चालमको घोल र सिन्दूर लगाएर अक्षता र फुलसहित पालैपालो अर्घ्य सामग्री सूर्य देवता समक्ष अर्पण गरियो ।

विगतमा अस्ताउँदो सूर्यको अर्घ्य दिएर व्रतालुहरू घर पुग्ने गर्थ्यो । तर केहि वर्षदेखि घाटमै बस्ने गरेकाले गाउँदेखि सहरसम्म छठको विशेष रमझम देखिन थालेको छ । पछिल्लो समय कतैकतै मुस्लिम समुदायका व्यक्ति समेत छठ मनाउन थालेकाले छठलाई सामाजिक सद्भावको पर्वको रूपमा लिन थालिएको छ ।

३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ विधिवत् रूपमा समापन हुन्छ ।

विना भेदभाव सबै जाति र समुदाय पोखरी, नदी र जलाशयको घाटमा जम्मा भई सँगसँगै सूर्य देवताको पूजा गर्ने परम्परा रहेको यो पर्व साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको संगम साबित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर