गच्छदार र साहसहित ९ उम्मेदवारविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै – Nepal Press

गच्छदार र साहसहित ९ उम्मेदवारविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जना उम्मेदवारविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदैछ ।

अधिवक्ता अनिल आचार्यले ९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पेशी तोकिएको हो ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका विजयकुमार गच्छादारसहित प्रभु साह, गोविन्दराज जोशी, सरिता गिरी, विक्रम पाण्डे, टेकबहादुर गुरुङ, लक्ष्मी महतो, युद्धविक्रम तामाङ र रेवतराज पुरीको उम्मेदवारी खारेज गर्न बिहीबार रिट दायर भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *