नेकपा एसले डडेल्धुरामा प्रधानमन्त्रीविरुद्धको उम्मेदवारलाई सघाउने (सहमतिपत्रसहित) – Nepal Press

नेकपा एसले डडेल्धुरामा प्रधानमन्त्रीविरुद्धको उम्मेदवारलाई सघाउने (सहमतिपत्रसहित)

कैलाली । केन्द्रमा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा देउवाविरुद्ध उम्मेदवारी दिएका कर्ण मल्लाई सघाउने भएको छ ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेश सभामा आकांक्षी रहेका डा.तारा जोशीले गठबन्धनमा सिट नपाएपछि प्रधानमन्त्रीविरुद्ध उम्मेदवारी दर्ता गरेका विपी कांग्रेसका मल्लाई सघाउने गरी सम्झौता पत्रका हस्ताक्षर भइसकेको छ ।

अघिल्लो पटक प्रदेश सभामा नेपाली कांग्रेसबाट निर्वाचित कर्ण मल्ल अहिले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध खडा भएका छन् भने अघिल्लो पटक मल्लसँग झिनो मतान्तरले पराजित जोशी अहिले मल्ललाई जिताउन कस्सिएका छन् ।

कांग्रेस जिल्ला सभापति रहेका मल्ल प्रदेश सभामा विजयी हुँदा एमाले जिल्ला अध्यक्ष रहेका जोशी ३५६ मतले पराजित भएका थिए । अहिले दुबै जनाले एक अर्कालाई जिताउने गरि तालमेल गरेका हुन् ।

यस अघि एमालेले प्रतिनिधि सभामा विपी कांग्रेसलाई सघाउने बताएको थियो । तर, प्रदेश सभामा बिपी कांग्रेसले नेकपा एकीकृत समााजवादीलाई सघाउने बारे छलफल सुरु गरेपछि एमालेले तालमेल नरहेको प्रष्ट पारेको छ ।

यहाँ एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार छैनन् । प्रतिनिधि सभामा पार्टीबाट चक्र स्नेहीको उम्मेदवारी दर्ता गरिएको भएपनि विपी कांग्रेससँग तालेमल गर्ने भन्दै उनलाई फिर्ता गरिएको थियो । यता प्रदेश सभामा एमालेबाट पठानसिंह बोहरा र गजेन्द्र शाही उम्मेदवार बनेका छन् भने गठबन्धनबाट कांग्रेसका गोबिन्द बोहरा र माओवादी केन्द्रका खगराज भट्ट उम्मेदवार बनेका छन् ।

कांग्रेसका बोहरा र एमालेका शाहीको क्षेत्रमा नेकपा एकीकृत समाजवादीका जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएर विपी कांग्रेससँग तालमेल गरेका छन् ।

यस्तो छ नेकपा एकीकृत समाजवादी र विपी कांग्रेसविचको सम्झौता


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *