मधेश प्रदेशका ६४ सीट- प्रमुख दल कसले कति क्षेत्रमा दिए उम्मेदवारी ? (सूचीसहित) – Nepal Press

मधेश प्रदेशका ६४ सीट- प्रमुख दल कसले कति क्षेत्रमा दिए उम्मेदवारी ? (सूचीसहित)

जनकपुरधाम । सात प्रदेशमध्ये ६ वटामा सत्ता गठबन्धन र नेकपा एमाले मुख्य प्रतिस्पर्धी रहँदा मधेश प्रदेशको चुनावी अवस्था भने केही फरक छ । मधेसमा सत्ता गठबन्धनबाट बाहिरिएको जसपाले एमालेसँग तालेमेल गरेपनि ३२ वटै क्षेत्रमा भएको छैन ।

त्यस्तै सत्ता गठबन्धनमा पनि कांग्रेस,माओवादी र नेकपा एसका साझा उम्मेदवार हुँदा लोसपाले भने कतिपय क्षेत्रमा आफ्ना अलग उम्मेदवार दिएको छ । त्यसो त नेकपा एसले पनि थप उम्मेदवारी दिएको छ ।

मधेश प्रदेशको धनुषा ३ मा लगभग सबै दलहरु एक्ला एक्लै प्रतिस्पर्धामा छन् भने बारा ३ मा एमाले एक्लै प्रतिस्पर्धामा छ । मधेस प्रदेशका ६४ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी जसपाले ३७ सीटमा आफ्ना उम्मेदवार उठाएको छ ।

एमालेसँगको तालमेलमा ३२ सीट पाएको जसपाले सहमतिविपरित थप ५ क्षेत्रमा उम्मेदवार दिएको छ । त्यस्तै मधेशका ६४ मध्ये एमालेले ३० सीटमा उम्मेदवारी दिएको छ ।

जसपा र एमालेबीचको तालमेलबाट बहुमत आउँने दावी जसपाका प्रदेश अध्यक्ष बिजय यादवको छ ।
त्यस्तै नेपाली कांग्रेसले मधेस प्रदेशमा २५ क्षेत्रमा उम्मेदवारी दिएको छ भने माओवादी केन्द्रले १८ र लोसपाले १८ ठाउँमा उम्मेदवारी दिएको छ ।नेकपा एसले ११ ठाउँमा उम्मेदवार दिएको छ ।
यी हुन् मधेश प्रदेशका प्रमुख दलका उम्मेदवार

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *