मिडियादेखि सामाजिक सन्जालसम्म अमर्यादित टिप्पणी भइरहेको भन्दै सर्वोच्च अदालतको आपत्ती – Nepal Press

मिडियादेखि सामाजिक सन्जालसम्म अमर्यादित टिप्पणी भइरहेको भन्दै सर्वोच्च अदालतको आपत्ती

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न तहबाट भएका आदेश र फैसलालाई लिएर न्यायाधिशदेखी समग्र संस्थाबारे अमर्यादित टिप्पणी भइरहेको भन्दै आपत्ती जनाएको छ ।

बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै सर्वोच्चले अदालतको मान प्रतिष्ठा कायम राख्न आग्रह गरेको छ । फैसला र आदेशविरुद्ध चित्त नबुझे माथिल्लो अदालतमा जान सकिने व्यवस्था रहेको भन्दै त्यसलाई अपनाउन पनि सर्वोच्चको आग्रह छ ।

सार्वजनिक स्थल, सामाजिक सन्जालदेखि मिडियामा त्यसरी टिप्पणी भइरहेको सर्वोच्चद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर