काेभिडविरूद्धकाे पूर्ण खाेपयुक्त पहिलाे उपमहानगर बन्याे बुटवल – Nepal Press

काेभिडविरूद्धकाे पूर्ण खाेपयुक्त पहिलाे उपमहानगर बन्याे बुटवल

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ ।

सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी तथास्वास्थ्य मन्त्री इन्द्रजीत थारुलाई साक्षी राखेर बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले पूर्ण खोप घोषणा गरेका हुन् ।

पाण्डेले १२ वर्षमाथिका उमेर समूहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर घोषणा गरेका हुन् । हालसम्म बुटवल उपमहानगरपालिकाबाट पूर्ण खोपका लागि नागरिकहरूलाई खोप लगाउन आह्वान गर्दै खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिएको नगरप्रमुख पाण्डेले जानकारी दिए ।

खोप नलगाउने तथा छुट नागरिकहरूको तथ्याक संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा व्यापक प्रचार प्रसार, छुट नागरिकहरूलाई खोप सेवा प्रदान, वडाबाट सर्वेक्षण, सबै वडाहरूलाई पूर्ण खोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको उपमहानगरपालिकाका सूचना अधिकारी मित्रमणि खनालले बताए ।

उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्न जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस गरिएको उनले बताए ।

उनले बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ जनामध्ये १२ वर्षमाथिका १ लाख ५७ हजार ३९३ जनालाई खोप लगाइएको जानकारी दिए । उनले खोजेर ९ हजार ८६५ जनालाई र नगरबाहिरका २२ हजार ६६३ जनालाई खोप लगाइएको जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर