प्रदेश १ सरकारले १९ स्रष्टालाई सम्मानसहित पुरस्कृत गर्ने (नामसहित) – Nepal Press

प्रदेश १ सरकारले १९ स्रष्टालाई सम्मानसहित पुरस्कृत गर्ने (नामसहित)

विराटनगर । प्रदेश १ सरकारले १९ जना स्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशीसहित उनीहरूलाई सम्मान तथा पुरस्कृत गर्न लागेको हो ।

स्रष्टा सम्मानका लागि मन्त्रालयद्वारा गठित छनौट समितिले पुरस्कृत हुने स्रष्टाको नाम छनौट गरेको मन्त्रालयका पुरातत्व शाखा प्रमुख भेषराज न्यौपानेले जानकारी दिए । स्रष्टा सम्मान समारोह भोलि (मंगलबार) विराटनगरस्थित आरोहण गुरुकुलमा राखिएको छ ।

सम्मानित तथा पुरस्कृत हुने स्रष्टाहरूः

क. बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान- २०७९

१. प्रा. डा गोविन्द तुम्वाङ- सुनसरी (भाषा, साहित्य, अनुसन्धान)

२ प्रा. डा. कालुराम खम्बु- (के.आर. खम्बु)-झापा(अनुसन्धान, संस्करण)

ख. प्रदेश भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान- २०७९

१. टंकबहादुर खुलाल (मनु मन्जिल)

२. गोवर्द्धन तामाङ-उदयपुर (साहित्य)

३. विजय श्रेष्ठ- इलाम (मूर्तिकला)

४. भरत गुरागाईं-मोरङ (नाट्यकर्मी)

५. ममता गिरी-सुनसरी (साहित्य, लघुकथा)

६. गोपाल देवान-सुनसरी(नाटककार, निर्देशन)

७. वीरबहादुर लाप्चा- इलाम (लोक संस्कृति, संस्कृति संरक्षण)

८.हरि कट्टेल-सोलुखुम्बु(साहित्य)

९. मानसिंह थुलुङ-इलाम (संगीत)

१०. महेन्द्र राई-सुनसरी (चित्रकला)

११. जयन्तीरमण कण्ठ-सुनसरी (नाट्य अभिनयकर्मी)

१२. नवराज राई (नवराज वर्तमान)-भोजपुर (साहित्य, कथाकार, कवि)

ग. नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कार- २०७९

१.लिला उप्रेती (लिला अनमोल)-झापा(साहित्य)

२. यशोदाकुमारी लम्साल-सुनसरी (चित्रकला)

३. चेतन आङ्थुपो-इलाम (नाटक, निर्देशन)

४. मधुराज केरुङ-पाँचथर (चलचित्र, साहित्य)

५. विमला चिमोरिया-झापा (नाटक/अभिनय)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर