शिक्षण पेशाका आदर्श पुरुष रमेश पाण्डेको ‘एउटा शिक्षक’ विमोचन – Nepal Press

शिक्षण पेशाका आदर्श पुरुष रमेश पाण्डेको ‘एउटा शिक्षक’ विमोचन

काठमाडौं । ५२ वर्षे शिक्षण पेशाको अनुभवलाई समेटी लखिएको कर्तव्यनिष्ठ शिक्षक रमेश पाण्डेको आत्मावृतान्त ‘एउटा शिक्षक’ विमोचन भएको छ । सोमवार कलेज अफ अप्लाईड बिजनेसमा शिक्षक पाण्डेका तत्कालिन विद्यार्थी एवं पुर्व मुख्यसचिव लिलामणि पौडेल र लेखक पाण्डेका दाई मोहनबहादुर पाण्डेले संयुत्तरुपमा ‘एउटा शिक्षक’को विमोचन गरेका हुन् ।

पुस्तकको विमोचनपछि पुर्व मुख्यसचिव पौडेलले पेशागत इमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठ शिक्षक रमेश पाण्डेको विद्यार्थी हुन पाएकोमा गर्व महशुस भइरहने बताए । शिक्षालाई व्यापार बनाउनु हुन्न भन्ने आफ्नो दृढ संकल्पमा अनवरत लागि परिरहेका शिक्षक पाण्डेले आफ्नो पेशालाई कमाउने भाँडो कहिल्यै नबनाएको पौडेलको भनाई थियो । उनले भने, ‘रमेश सरको विद्यार्थी हुनेहरु त भाग्यमानी थिए नै सरको कक्षामा बस्न नपाउनेका लागि पुस्तक अवसर र मार्गदर्शक बन्नेछ ।’

पुस्तकका लेखक पाण्डेले आफ्नो जीवनमा असल शिक्षकको अभिभारा पुरा गर्ने प्रयास गरिरहेको बताए । २०३६ सालको राजनैतिक अस्थिरतामा शंकरदेव क्याम्पसको क्याम्पस प्रमुख भएको सम्झना गर्दै पाण्डेले क्याम्पसको पठ्न पाठनलाई स्तरीय बनाउन गरिएका योजना कार्यन्वयनमा विद्यार्थीबाट ठुलो साथ पाएको बताए । ‘जीवनमा धेरैलाई कृतज्ञता दिनुपर्ने थियो, घरघर पुगेर दिन सकिएन भन्दै ‘एउटा शिक्षक’को माध्यामबाट आफ्नो त्यो आकाँक्षा पुरा गरे ।’

‘एउटा शिक्षक’को लेखन संयोजन र प्रकाशन घोस्ट राइटिङ नेपालले गरेको हो । घोस्ट राइटिङका अध्यक्ष कमल ढकालले पाण्डेको अनुभव र भोगाइलाई पाठकमाझ ल्याइ एउटा शिक्षकको उदाहरणीय व्यक्तित्व भल्काउन पाएकोमा गर्व महशुस भएको बताए ।

नेपालको शिक्षा क्षेत्रको सुधारका लागि अनवरत लागि परिरहनु भएका पाण्डे समाजका लागि प्रेरणादायी शिक्षक मानिन्छन् । आफ्नो सफलता असफलतालाई गौण मानी आफुले विद्यार्थीलाई दिने ज्ञानमा केन्द्रित रहने पाण्डे अहिले पनि कक्षा कोठामै भेटिन्छन् ।

विद्यार्थी केन्द्रित शिक्षण सिकाई पद्धतिलाई अबलम्बन गराउन शिक्षक पाण्डेले नेपालका विभिन्न शैक्षिक संस्थाहरुमा बसेर गरेको योगदानलाई पुस्तकमा समेटिएको छ । शंकरदेव क्याम्पसमा क्याम्पस प्रमुखको भुमिकामा रहदा शिक्षक पाण्डेले त्रिभुवन विश्वविद्यालयको शैक्षिक कार्यक्रम तथा उत्तरपुस्तिका जाँच्ने पद्धतिलाई सवल बनाउने कार्यमा योगदान दिएका थिए ।

त्रिभुवन विश्वविद्यालयको सेवाबाट सेवा निवृत भएपछि  पाण्डेले आफुले नेपालको शिक्षामा ल्याउन खोजेको रुपान्तरणलाई कलेज अफ अप्लाई बिजनेस क्याबको स्थापना गरी निरन्तर प्रयोगमा ल्याइरहेका छन् । पाण्डे जीवनको ७८औ वसन्त लागिसक्दासमेत क्याब कलेजको प्रिन्सीपलकै भुमिका निर्वाह गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर