सहकारी विकास बोर्ड सञ्चालकमा नियुक्ति पाउन कीर्ते शैक्षिक प्रमाणपत्र पेश – Nepal Press

सहकारी विकास बोर्ड सञ्चालकमा नियुक्ति पाउन कीर्ते शैक्षिक प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्त पाउने एक व्यक्तिले कीर्ते शैक्षिक प्रमाणपत्र पेश गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दावी गरेको छ ।

सीआईबीका अनुसार ललितपुरको साविक इकुडोल गाविसका ५३ वर्षीय माधवप्रसाद तिमिल्सिनाले कीर्ते शैक्षिक प्रमाणपत्र पेश गरेका हुन् ।

उनको नाममा जारी भएको भनिएको स्नातक तहको चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट कीर्ते भएको सीआईबीको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर