काठमाडौंमा आजदेखि ५ वटा ब्रुमरले सफा गर्न थालियो सडक – Nepal Press

काठमाडौंमा आजदेखि ५ वटा ब्रुमरले सफा गर्न थालियो सडक

काठमाडौं । बिग्रेर थन्किएका चार वटा ब्रुमर मर्मत गरेर काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको छ । निस्क्रिय अवस्थामा राखिएका ब्रुमरहरु सामान्य मर्मतपछि धुलो सफा गर्न थालिएको मेयर बालेन्द्र साहले बताएका छन् ।

उनका अनुसार आजदेखि ५ वटा ब्रुमरले काठमाडौंं सफाइ गर्न थालेका छन् । भोलिदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्ने उनले बताए ।

उनले सामाजिक संजालमा भनेका छन्,’बर्षायाम भएकाले केहि असहजता पक्कै हुनेछन् तर आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ ।’

महानगरको आइतबार बसेको कार्यपालिका बैठकमा वडाध्यक्षहरुले सडकमा प्रदुषण बढेकाले बिग्रेर बसेको ब्रुमरचलाउन मेयर समक्ष आग्रह गरेको थिए । मेयर साहले बैठकबाटै छिटै ब्रुमर मर्मत गरेर सञ्चालनमा ल्याउने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर