८५ प्रतिशत नागरिकले कोभिड- १९ विरुद्धको पूर्ण मात्राको खोप लगाइसक्यो: राष्ट्रपति – Nepal Press

८५ प्रतिशत नागरिकले कोभिड- १९ विरुद्धको पूर्ण मात्राको खोप लगाइसक्यो: राष्ट्रपति

काठमाडौं । सरकारले करिब ८५ प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्धको खोप पूर्ण मात्रा लगाइसकेको बताएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ८५ प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाइसकेको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘सरकारले कोभिड १९ महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ। हालसम्म लक्षित जनसंख्याको करिव ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाई सकिएको छ। त्यसैगरि करिब ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाई सकिएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर