सुस्मितालाई न्याय माग्दै पेप्सीकोलामा गृहिणीको जुलुस (भिडिओ) – Nepal Press

सुस्मितालाई न्याय माग्दै पेप्सीकोलामा गृहिणीको जुलुस (भिडिओ)

काठमाडौं । सुन्दरी प्रतियोगिताका क्रममा यौन शोषणमा परेकी सुस्मिता रेग्मीका लागि न्याय माग्दै महिलाहरुले पेप्सीकोलामा प्रदर्शन गरेका छन् । सयौं गृहिणीहरु सहभागी जुलुसले वडा कार्यालयसम्म पुगेर ज्ञापनपत्र बुझाएको थियो ।

सुस्मिताको घरसमेत रहेको पुरानो सिनामंगलका वासिन्दाहरुको अगुवाइमा जुलुस निकालिएको हो । सहभागीहरुले ‘सुस्मितालाई न्याय दिलाऔं, दोषीलाई अविलम्ब कारबाही गर’ लेखिएको व्यानर बोकेका थिए । उनीहरुले नाराबाजी पनि गरेका थिए ।

सुस्मितामाथि भएको यौन शोषणको घटना सार्वजनिक भएपछि न्यायको लडाइँमा आफूहरुको ऐक्यबद्धता रहेको जुलुसमा सहभागी सुभद्रा पौडेलले बताइन् ।

उनले भनिन्, ‘हामी छरछिमेकीहरुको तर्फबाट पीडित र उनको परिवारलाई पूर्ण साथ–सहयोग रहेको छ । पीडकमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर