धनुषाको धनौजीमा कांग्रेसले जित्यो, अध्यक्षमा साह विजयी – Nepal Press

धनुषाको धनौजीमा कांग्रेसले जित्यो, अध्यक्षमा साह विजयी

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा राजकुमार साह विजयी भएका हुन् । उनले २ हजार २६२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाका जीवेन्द्र झा २ हजार १६३ मत पाएका छन् ।

यस्तै गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै रामवतीदेवी मण्डल निर्वाचित भएकी हुन् । उनले २ हजार ४३० मत ल्याएकी छिन् । उनको निकटतम प्रतिस्पर्धी लोसपाकी रंजितादेवी मण्डलले १ हजार ९०१ मत पाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *