स्वदेशी लगानी सुरक्षा माग गर्दै पूँजी बजार लगानीकर्ताहरु सडकमा (तस्विरहरु) – Nepal Press

स्वदेशी लगानी सुरक्षा माग गर्दै पूँजी बजार लगानीकर्ताहरु सडकमा (तस्विरहरु)

काठमाडौं । स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजी बजार लगानीकर्ताहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सरकारले ऐन-नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै पूँजी बजार संर्घष समितिले शनिबार राजधानीमा प्रदर्शन गरेको हो ।

उनीहरुले स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने, लगानीकर्तालाई विदेश पलायन गराउने कार्य बन्द गर्नुपर्ने, लगानीमैत्री नीति लागू गर्नुपर्ने, पूँजी बजारमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने माग राखेका छन् ।

प्रदर्शनका क्रममा लगानीकर्ता तिलक कोइरालाले सरकारको गलत नीतिका कारण लगानीकर्ताहरु डुबेको भन्दै सही नीति लिन माग गरेको बताए । स्वदेशी लगानीकर्ताहरु नै पलायन भइरहेको अवस्थामा लगानी सम्मेलन गरेर विदेशी लगानी भित्रुयाउन नसकिने उनको भनाइ छ ।

लगानीकर्ताहरुले लगानीको सुरक्षा गर, नसके स्टक मार्केट बन्द गर, स्वदेशी लगानीको संरक्षण गर, विदेशी लगानीको वातावरण तयार गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर