इलाम-२ मा अहिलेसम्म ४२ प्रतिशत मत खस्यो – Nepal Press

इलाम-२ मा अहिलेसम्म ४२ प्रतिशत मत खस्यो

विराटनगर । इलाममा क्षेत्र नम्बर २ मा  शान्तिपूर्ण रुपमा मतदान जारी छ । बिहान सात बजेदेखि सुरु भएको मतदानमा एक बजेसम्म ४२ प्रतिशत मात्रै मत खसेको छ ।

इलामका मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेका अनुसार बिहानको तुलनामा अहिले मतदान केन्द्रहरुमा भिडभाड बढेको बताए । उनले अहिलेसम्म ४२ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको बताए ।

बिहान भन्दा अहिले मतदान केन्द्रहरूमा मतदाताको भिड बढ्न थालेको छ । उनले नेपाल प्रेससँग भने,’ यो सङ्ख्या अझै बढ्छ भन्ने अनुमान छ ।’ इलाममा भएको निर्वाचनमा करिब ४९ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनका अनुसार इलाम क्षेत्र नम्बर २ मा ७९ वटा मतदान स्थल र एक सय ४९ वट मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भई रहको छ ।

इलाम क्षेत्र नम्बर २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका छन् । इलाममा साँझ ५ बजेसम्ममा मतदान केन्द्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउनेछन् । मतदान बिहान ७ बजे बाट शुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर