ललितपुरमा चिरिबाबु पनि दोब्बर मतले अगाडि, उपमेयरमा एमालेको अग्रता – Nepal Press

ललितपुरमा चिरिबाबु पनि दोब्बर मतले अगाडि, उपमेयरमा एमालेको अग्रता

काठमाडौं । ललितपुर महानगरपालिकामा १४ सय मत गणना हुँदासम्म मेयरमा गबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि देखिएका छन्।

चिरिबाबुले ७ सय ६ मत ल्याएका छन्। नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकारले ३ सय ३६ मत ल्याएका छन्।

उपमेयरमा भने नेकपा एमाले अगाडि छ। एमालेका उम्मेदवारले ३ सय ७२ मत ल्याएका छन्। गठबन्धनका उम्मेदवारले २ सय ६७ मत प्राप्त गरेका छन्। महानगरको वडा नम्बर एकको मतगणना भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर