बुढीगंगा अपडेट- वडाध्यक्षमा एमालेको ह्याट्रिक, मेयर र उपमेयरमा पनि फराकिलो अग्रता – Nepal Press

बुढीगंगा अपडेट- वडाध्यक्षमा एमालेको ह्याट्रिक, मेयर र उपमेयरमा पनि फराकिलो अग्रता

धनगढी । बुढीगङ्गा नगरपालिकाको वडामा एमाले उम्मेदवारले ह्याट्रिक गरेका छन् । यसअघि १ र १० वडामा अध्यक्ष जितेको एमाले अहिले ९ नम्बरमा पनि जीत हासिल गरेको छ ।

बुढीगंगा नगरपालिका वडा नं ९ मा दुई गुणा मतान्तरले ‌एमाले उम्मेदवार विजयी भएका छन् ।

नेकपा एमालेका मीनबहादुर सिंहले गठबन्धनका भरतबहादुर थापालाई फराकिलो मतान्तरले हराएका हुन् ।

थापा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार थिए । सिंहले ४९२ मत पाउँदा थापाले २९३ मतमात्रै पाएका छन् ।

यसअघि वडा नम्बर १ र १० मा पनि एमाले उम्मेदवार विजयी भइसकेका छन् । जारी मतगणनाअनुसार मेयर र उपमेयरमा पनि एमालेका उम्मेदवारहरुले अग्रता बनाइरहेका छन् ।

अहिलेसम्म ३,६४८ मत गणना सकिएको छ । एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २,१९६ मत पाएका छन् । उपमेयर मायाकुमारी खड्का कुवँरले २,१७२ मत पाएकी छन् ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार रंगबहादुर खातीले १,२३९ र उपमेयर रीता शाहीले १,२६२ मत पाएका छन् ।

मेयर र उपमेयरमा क्रमशः ९५७ र ९१० मतले एमालेका उम्मेदवार अघि छन् ।


प्रतिक्रिया

3 thoughts on “बुढीगंगा अपडेट- वडाध्यक्षमा एमालेको ह्याट्रिक, मेयर र उपमेयरमा पनि फराकिलो अग्रता

  1. याे चुनाव भनेकाे गठबन्धनप्रति जनताकाे मत जाच्ने माध्यम पनि हाे । नैतिकता भए गठबन्धनले सरकार छाेडनुपर्छ ।

  2. जनताको विवेक र सत्ता दुरुपयोग र बिचल्ली अनि जनताले कसलाई रूचाएका रहेछन् यो परिनामले देखाउछ ।

  3. वास्तविक रुचाइ को प्रती भन्ने दरिलो उदाहरण हो अहिले को नतिजा जस्तो आए पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर