१५ तस्बिरमा हेर्नुहोस् एसईईको पहिलो दिन – Nepal Press

१५ तस्बिरमा हेर्नुहोस् एसईईको पहिलो दिन

काठमाडौं । दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु भएको छ । परीक्षा बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी हुँदैछन् ।

एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ ।

दुई वर्ष कोरोना महामारीका कारण भौतिक उपस्थितिमा बोर्ड परीक्षा हुन सकेको थिएन । यस पटक एसईई भौतिक रुपमै हुन लागेको हो । दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई एसईई पास गराइएको थियो ।

परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

हेर्नुहोस् तस्बिरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर