यू-१८ महिला साफ च्याम्पियनसीप : पहिलो हाफमा भारतविरुद्ध नेपाल तीन गोलले पछि – Nepal Press

यू-१८ महिला साफ च्याम्पियनसीप : पहिलो हाफमा भारतविरुद्ध नेपाल तीन गोलले पछि

काठमाडौं । यू–१८ महिला साफ च्याम्पियनसिप अन्तरगत अहिले नेपालले भारतको सामना गरिरहेको छ ।

जारी खेलको पहिलो हाफ सकिँदा नेपाल तीन गोलले पछि परेको छ ।

भारतको जम्सेदपुरस्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा जारी खेलको १४औं मिनेटमा सुजिस पट्टेलले गोल गरेकी थिइन् ।

त्यसको तीन मिनेट नबित्दै भारतको अग्रता दोब्बर पार्न लिन्डा कमले दोस्रो गोल गरिन् । खेलको ३५औं मिनेटमा लिन्डाले नै व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई पहिलो हाफमा तीन गोलको अग्रता दिलाउन मद्दत गरिन् ।

पहिलो हफमा भारतविरुद्ध नेपालको प्रदर्शन निकै फितलो देखिएको छ भने भरतले निरत्तर नेपालमाथि दबाव सिर्जना गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर