जनमत पार्टीका मन्त्री खान भन्छन् – भोलिसम्म मन्त्रालय हेरफेर नभए सरकारबाट फिर्ता हुन सक्छु (भिडिओ) – Nepal Press

जनमत पार्टीका मन्त्री खान भन्छन् – भोलिसम्म मन्त्रालय हेरफेर नभए सरकारबाट फिर्ता हुन सक्छु (भिडिओ)

काठमाडौं । जनमत पार्टीबाट खानेपानी मन्त्रीको जिम्मेवारी पाएका अम्बदुल खानले भोलिसम्म मन्त्रालयको विवाद टुंगो नलगाए सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने चेतावनी दिएका छन् ।

संसद भवनमा पत्रकारसँग कुरा गर्दै खानले आफूले खानेपानी मन्त्रालयको जिम्मेवारी स्वीकार नगरेको बताए । उनले विकल्पमा छलफल भइरहेको भन्दै आइतवारसम्मको आश्वासन पाएकाले त्यसपछिमात्र के गर्ने भन्ने टुंगो लाग्ने बताए ।

मन्त्री खानले विभिन्न विकल्पमा छलफल भइरहेको बताए । जनमत पार्टीले उद्योग वाणिज्य आपूर्ति वा कृषि मन्त्रालय माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर