वैद्य माओवादीले स्थानीय चुनावमा भाग नलिने, दुई महिने बहिष्कार अभियान चलाउने घोषणा – Nepal Press

वैद्य माओवादीले स्थानीय चुनावमा भाग नलिने, दुई महिने बहिष्कार अभियान चलाउने घोषणा

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते हुने स्थानीय चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । फागुन २५ गतेदेखि २९ गतेसम्म सम्पन्न भएको पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

महासचिव मोहन वैद्य किरणको अध्यक्षतामा बसेको वैठकले ७ बुँदे निर्णय लिएको आज जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

पार्टीको क्रान्तिकारी छवि चुनाव उपयोगबाट भन्दा बहिष्कारद्वारा नै समुज्जल हुने देखिएको विज्ञप्तिमा जनाइएको छ । साथै, बहिष्कार आन्दोलनलाई दुई महिने अभियान बनाइ सञ्चालन गर्ने निर्णय समेत पार्टीले लिएको छ ।

स्वच्छ तथा निस्पक्ष निर्वाचनको कुनै सम्भावना नरहेको, प्रतिक्रियावादी राज्यसत्ताका तीनवटै अंग असफल सावित हुँदै गए पनि नोकरशाही राज्य संयन्त्रको बलमा यो सत्ता तथा व्यवस्था टिक्न पुगेको लगायतका आरोप पार्टील्ले लगाएको छ ।

एमसीसी अनुमोदन गरिएकोमा विरोध गर्दै पार्टीले यसको खारेजीका लागि निरन्तर संघर्ष गर्ने पनि जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर