सप्तरीमा गएराति ट्रकमा आगजनी – Nepal Press

सप्तरीमा गएराति ट्रकमा आगजनी

जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ४ मा अज्ञात समूहले ट्रकमा आगजनी गरेका छन् ।

ना ५ ख १९११ नम्वरको ट्रकमा आगजनी भएको हो । मंगलवार राति करिब ११ बजे अपरिचित व्यक्तिहरुले रोकेर उक्त ट्रकमा आगजनी गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रामकुमार यादवले बताए ।

उनका अनुसार आगजनीबाट ट्रकमा पूर्ण क्षति पुगेको छ । आगजनी कसले र किन गरेको कुरा खुल्न सकेका छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पुस १६ गते पनि सोही गाउँपालिकाको वडा नम्बर ५ महुली पुलमा एउटा ट्रकमा आगजनी भएको थियो । सो घटनाका दोषी पनि अहिलेसम्म पक्राउ परेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर