डाक्टरको प्रवेश परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको हल्लापछि चिकित्सा आयोगले थाल्यो अनुसन्धान – Nepal Press

डाक्टरको प्रवेश परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको हल्लापछि चिकित्सा आयोगले थाल्यो अनुसन्धान

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अर्थातपोस्ट ग्राजुएट(पीजी)को प्रवेश परीक्षामा परीक्षाअगावै पश्नपत्र बाहिरिएको र नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुन लागेको हल्लापछि छानविन शुरु गरेको छ ।

आयोगले भोलि शनिबारदेखि १० गतेसम्म काठमाडौं उपत्यकासहित देशका अन्य चार स्थानका ३९ परीक्षा केन्द्रमा सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षामा प्रश्नपत्र बाहिरिएको र नक्कली विद्यार्थी सहभागी हुन खोजेको विषयमा छानविन शुरु गरेको हो ।

आयोगले आज विज्ञप्ती निकालेर उक्त विषयमा सम्बन्धित निकायहरुबाट छानविनको लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ।

साथै आयोगले सम्पादन गर्ने कार्य, परीक्षार परीक्षाको गोपनीयता लगायतका विषयमा विभिन्न किसिमका भ्रम उत्पन्न हुने गरी सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा अनर्गल प्रचार प्रसार भएको बताएको छ ।

सदस्य सचिव डा, भोजराज शर्मा काफ्लेद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘चिकित्सा शिक्षा आयोग, राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ ९संशोधन सहित०, प्रचलित कानुन र मापदण्डका आधारमा निष्पक्ष रुपमा कार्यसम्पादन गर्न गराउन सदैव प्रतिवद्ध रहेको विश्वस्त गराउन चाहान्छौ । नेपाल सरकारले तोकेका जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी सुरक्षा संयन्त्र र स्वास्थ्य सम्बद्ध निकायको निरन्तर समन्वयमा रही सहज र उपयुक्त वातावरणमा एकीकृत प्रवेश परीक्षा सञ्चालनको तयारी गरिएकोले सबै परीक्षा केन्द्र, परीक्षार्थी र परीक्षामा खटिने जनशक्तिलाई सोही बमोजिम मापदण्ड पालना गर्न गराउन अनुरोध छ ।’

साथै आयोगले हल्लाको भरमा परीक्षा नरोकिने पनि बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर