अब भेनिस शहर घुम्न शुल्क तिर्नुपर्ने – Nepal Press

अब भेनिस शहर घुम्न शुल्क तिर्नुपर्ने

भेनिस । अब भेनिस शहर घुम्न शुल्क तिर्नुपर्ने भएको छ । बिहीबारबाट लागू हुनेगरी त्यहाँ घुम्न ५ यूरो प्रवेश शुल्क तोकिएको छ ।

मेयर लुइगी ब्रुगनारोअनुसार, भविष्यमा दिवा पर्यटक (डे-ट्रिपर )हरूको अत्यधिक चापका साथ जनसङ्ख्या बढ्नबाट रोक्नका लागि यो नियम लगाइएको हो। यो नियमले शहरका धेरै बासिन्दाहरूको जीवनलाई अझ रमाइलो बनाउनेछ, भन्ने विश्वास अधिकारीहरूमा छ।

प्रवेश शुल्कको टिकट बिना भेनिस शहर घुम्ने पर्यटक वा पाहुनाको रूपमा शहरमा लुक्ने प्रयास गर्ने जो कोहीले पनि ३०० यूरो सम्म जरिवाना तिर्नु पर्ने हुनसक्छ।

प्रवेश शुल्क बिहान ८ः३० देखि बेलुका ४ः०० बजेसम्म आउने पाहुनाले मात्र पाँच युरो तिर्नुपर्छ। यी समयहरू भन्दा अघि र पछि बाहिर, शहर निःशुल्क घुम्न पाइन्छ।

स्थानीय बासिन्दाहरूले नयाँ पर्यटक शुल्कको विरोध गरेका छन् भने सयौँ भेनिसका बासिन्दाहरूले बिहीबार भेनिसका साना सडक र नहरहरू हुँदै सहरको नयाँ प्रवेश शुल्कको विरोधमा जुलुस निकाले ।

शहरले पर्यटक प्रवेश शुल्क लगाउनुको साटो सामाजिक आवासमा लगानी गर्नुपर्छ भन्ने धेरैको विश्वास छ।

स्रोत: यूरो न्यूज


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर