अस्ट्रेलियाले दुई भारतीय गुप्तचरलाई निष्कासन गरेको खुलासा – Nepal Press

अस्ट्रेलियाले दुई भारतीय गुप्तचरलाई निष्कासन गरेको खुलासा

काठमाडौं । अस्ट्रेलियाले दुई जना भारतीय गुप्तचरलाई निष्कासन गरेको खुलासा भएको हो ।

सन २०२० मा दुई भारतीय गुप्तचर निष्कासन गरिएको खुलासा भएको बेलायती अखबार गार्डियनले उल्लेख गरेको छ ।

गार्डियनका अनुसार अस्ट्रेलियाको आन्तरिक गुप्तचर निकास आसीले अस्ट्रेलियामा गुप्तचरी गुँड बनाएर नेताहरू उत्पादन गर्ने, डायस्पोरा समुदायलाई नियमन गर्ने र अस्टे«लियाको व्यापार गोप्यता चोर्ने काम भएको सार्वजनिक गरेको थियो ।

कुनै देशको नाम नलिइकन सार्वजनिक गरिएको नाम भारतको भएको व्याख्या भएको छ । सन २०२० मा दुई भारतीय गुप्तचर निष्कासन भएको खबर पनि यसै बेला सार्वजनिक भएको छ ।

अमेरिकी अखबार वासिङटन पोस्टले भारतको रअका दुई अधिकारीहरूलाई सन २०२० मा निष्कासन गरिएको उल्लेख गरेको थियो । यो समाचार अस्टे«लियन ब्रोडकास्टिङ कर्पोरेसनले पनि कभर गरेको छ ।

अस्ट्रेलियाली विदेशमन्त्री पेन्नी वोङले मेलबर्नमा पत्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिइनन् ।

अहिलेको सरकार भन्दा अगाडि निष्कास गरिएको घटनाबारेमा उनले यत्ति मात्रै भनेकी छिन्, ‘त्यस्ता कुरासँग जुध्न हामीसँग कानूनहरु छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर