८५ प्रतिशत जापानी सामाजिक सञ्जालमा जानकारी दिने नियमको पक्षमा: सर्वेक्षण – Nepal Press

८५ प्रतिशत जापानी सामाजिक सञ्जालमा जानकारी दिने नियमको पक्षमा: सर्वेक्षण

टोकियो । हालैको एक सर्वेक्षणले झण्डै ८५ प्रतिशत जापानका जनताले गलत सूचना, मानहानि र अन्य दुर्भावनापूर्ण अभ्यासहरू फैलिनबाट रोक्न सामाजिक सञ्जाल साइटहरूका लागि नियमहरू आवश्यक रहेकोमा विश्वास गरेको देखाएको छ ।

मेलमार्फत असाही शिम्बुनले जापानको संविधान स्मृति दिवसका अवसरमा शुक्रबार जारी गरेको सर्वेक्षणमा पहिलो पटक एक्स, फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जाल साइटहरूका लागि नियमहरूबारे प्रश्नहरू सोधेको थियो । राष्ट्रव्यापी सर्वेक्षणले केवल ११ प्रतिशत उत्तरदाताले सामाजिक मिडिया नियमहरू अनावश्यक रहेको भनेके छ ।

नियमहरूको पक्षमा हुनेमध्ये ६७ प्रतिशतले कानूनी कारबाहीहरू लिनुपर्छ भनेका छन् भने ३० प्रतिशतले व्यवसाय र अन्यहरूद्वारा स्वेच्छिक कार्यहरूलाई प्राथमिकता दिएका छन् ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताको रुचिअनुसारको जानकारी स्वचालित रूपमा प्रस्तुत गर्ने विशेषता छ । तसर्थ प्रयोगकर्ताहरूले रुचिअनुरूप नभएका धेरै जानकारी गुमाउन सक्ने असाही शिम्बुनले रिपोर्ट गरेको छ ।

सर्वेक्षण उत्तरदातामध्ये ८० प्रतिशतभन्दा बढीले चुनावमा गलत सूचनाको प्रभाव र अरूविरुद्ध मानहानिको बारेमा चिन्ता व्यक्त गरेका थिए । के तपाईंलाई राजनीति र समाजमा फरक दृष्टिकोण प्रस्तुत गर्नु राम्रो हो जस्तो लाग्छ भन्ने प्रश्नमा ६९ प्रतिशतले ‘लाग्छ’ र २२ प्रतिशतले ‘लाग्दैन’ भनेको छ ।

द्वन्द्व परित्याग गर्ने संविधानको धारा ९ को सम्भावित परिमार्जनका सम्बन्धमा ६१ प्रतिशतले यसलाई यथावतै छोड्नुपर्ने बताएका छन् भने ३२ प्रतिशत संशोधनको पक्षमा रहेका थिए । -रासस/सिन्ह्वा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर