गाजामा नरसंहार गरेको भन्दै इजरायलसँग कूटनीतिक सम्बन्ध अन्त्य गर्ने कोलम्बियाको घोषणा – Nepal Press

गाजामा नरसंहार गरेको भन्दै इजरायलसँग कूटनीतिक सम्बन्ध अन्त्य गर्ने कोलम्बियाको घोषणा

काठमाडौं । इजरायलले गाजामा नरसंहार गरेको भन्दै कोलम्बियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्ने बताएको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार राष्ट्रपति गेस्ताबो पेत्रोले बुधवार यस्तो बताएका हुन् । उनले आज बिहीबारबाट कूटनीतिक सम्बन्ध अन्त्य हुने बताएका छन् ।

गत मार्चमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले एक संकल्प प्रस्ताव पारित गरेर गाजामा युद्ध बिराम गर्न आदेश दिएपछि पनि युद्ध बिराम नगरेपछि कोलम्बियाले यस्तो गर्न लागेको बताएको छ ।

मे दिवसको दिन बुधवार राजधानी बोगोटामा आयोजना भएको कार्यक्रममा पेत्रोले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘प्यालेस्टाइल मर्नु भनेको मानवता मर्नु हो ।’

इजरायली विदेश मन्त्री इजरायल काज्ले भने पेत्रोले हमासलाई समर्थन गरेको भन्दै आक्रोश पोखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर