डिजिटलाइजेसनको विकल्प छैन : महासंघ उपाध्यक्ष हेमराज ढकाल – Nepal Press

डिजिटलाइजेसनको विकल्प छैन : महासंघ उपाध्यक्ष हेमराज ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले डिजिटलाइजेसनको विकल्प नरहेको बताएका छन् ।

शुक्रवार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गरेको ‘एनसीआइसीके डिजिटल एक्पो २०२४’को उद्घाटन समारोहमा बोल्दै महासंघका उपाध्यक्ष ढकालले डिजिटलाइजेसनको विकल्प नरहेको बताएका हुन् ।

विश्वका सबै राष्ट्रहरूसँगै नेपालले पनि डिजिटल प्रविधिमा जानुपर्ने उनको भनाई छ ।

ढकालले भने, ‘आजको युगमा सबै कामहरू अनलाइनमार्फत हुने गर्दछन् । र यसबाट नेपाल वञ्चित रहन सक्दैन । वैदेशिक रोजगारमा गइरहेकालाई पनि आइटी क्षेत्रबाट रोक्न सकिन्छ जस्तो लाग्छ । अहिलेको इकोनोमी डिजिटल हुनुपर्छ । युवाहरूलाई पनि यसमा हामीले आकर्षित गर्नुपर्छ । नेपालका उत्पादनलाई स्थान र प्रवर्द्धन गर्नका लागि कानुनहरू संशोधन गर्ने काम भइरहेको छ । हामीले पनि ठुला राष्ट्रहरूको डिजिटलाईजेशनसँगै अगाडि बढ्नुपर्ने हुन्छ । यसको विकल्प छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *