उपत्यकाभित्रका ४५ जना प्रहरीमा कोरोना पुष्टि, ललितपुरमा एसएसपी नै संक्रमित – Nepal Press

उपत्यकाभित्रका ४५ जना प्रहरीमा कोरोना पुष्टि, ललितपुरमा एसएसपी नै संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न जिल्लामा कार्यरत ४६ जना प्रहरी कर्मचारीहरुमा कोरोना पुष्टि भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तीन वटै जिल्लामा कार्यरत विभिन्न तहका ४६ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौं अन्तरगतका कार्यक्रमा २८ जना, महानगरीय प्रहरी परिसर भक्तपुर मातहतका कार्यक्रमा १३ जनामा र महानगरीय प्रहरी परिसर ललितपुर मातहतका कार्यक्रमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी काठमाडौंमा २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदिप गिरीका अनुसार पछिल्लो एक सातामा लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार महानगरीय प्रहरी वृत महारागञ्ज र सिंहदररमा पाँच÷पाँच जना, महानगरीय प्रहरी वृत दरबारमार्गमा ४ जना, महानगरीय प्रहरी परिसर गौशाला र लैनचौरमा तीन/तीन जना र अन्य वृतमा पनि एक दुई जना प्रहरी संक्रमित भएका छन् ।

काठमाडौं प्रहरी परिसर मातहत प्रहरी नायब उपरीक्षक (डीएसपी)को नेतृत्वमा १४ वटा महानगरीय प्रहरी वृत्त र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा ९ वटा महानगरीय प्रहरी प्रभाग रहेका छन् ।

प्रहरी नायव निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा थप २० वटा कार्यालयसहित २९ वटा प्रहरी कार्यालय रहेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुर मातहतका कार्यलयमा १३ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

परिसरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठका अनुसार परिसरमा कार्यरत प्रहरी निरीक्षक लोकबहादुुर जिसी, महानगरीय प्रहरी वृत ठिमीका प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी रेग्मीसमेत गरेर १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलसहित परिसरमा कार्यरत पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

परिसरका प्रमुख पोखरेलले आफु संक्रमित भएर पाँच दिन देखि कार्यालयको क्वाटर्रमा बसेर काम गरिरहेको नेपाल प्रेससँग बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर