महोत्तरी पुगेर प्रचण्डले भने- एमालेको केपी गुट मधेश र राष्ट्रविरोधी – Nepal Press

महोत्तरी पुगेर प्रचण्डले भने- एमालेको केपी गुट मधेश र राष्ट्रविरोधी

महन्थ र राजेन्द्रलाई विदेशीले सिंगारपटार गराएर पठाएको आरोप

महोत्तरी । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओली समूह मधेश र राष्ट्रविरोधी भएको अरोप लगाएका छन् ।

बुधबार महोत्तरीको रामगोपाल नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफूले मधेशका जनतालाई सम्बोधन गर्ने गरी संविधान संशोधन प्रस्ताव लैजाँदा ओलीकै कारणले सफल हुन नसकेको दाबी गरे ।

‘केपी ओली र एमाले गुट मधेश र राष्ट्रविरोधी हो,’ प्रचण्डले भने, ‘मैले संशोधन प्रस्ताव दर्ता गर्दा पारित हुन नदिने खलनायक केपी ओली थिए । केपी ओली जस्तो मधेश र राष्ट्रविरोधी ओलीको पक्षमा लागेर महन्थ ठाकुरहरू सरकारमा गए । अब पनि भन्नुपर्छ को मधेश विरोधी हो ?’

उनले महन्थ ठाकुर र राजेन्द्र महत्तोलाई ‘विदेशीले सिंगारपटार गरेर पठाएका मान्छे’ को संज्ञा दिए । प्रचण्डले माओवादीविरुद्ध मधेशमा भ्रम फैलाउन खोजिएको भन्दै अब त्यो टुटेको र प्रदेश २ मा माओवादी १ नम्बर पार्टी बन्ने समेत दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर