प्राथमिक तह, तृतीय श्रेणीमा करिव साढे चार हजार शिक्षक पदका लागि विज्ञापन खुला (सूचीसहित) – Nepal Press

प्राथमिक तह, तृतीय श्रेणीमा करिव साढे चार हजार शिक्षक पदका लागि विज्ञापन खुला (सूचीसहित)

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार हजार भन्दा बढी शिक्षकको लागि आवेदन माग गरेको छ ।

आयोगले शनिबार एक सूचना जारी गर्दै सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाति, लगायतका विभिन्न समूहमा गरेर चार हजार ४६२ जना स्थायी शिक्षकका लागि आवेदन माग गरेको हो ।

जसमा बागमती प्रदेशमा सबैभन्दा धेरै एक हजार १०३, कोशीमा १ हजार ७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आयोगले आवेदन खुलाएको छ । योग्यता पुगेका इच्छुकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुरमा भने जेठ २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *