इलाम- २ मा २० प्रतिशत मत खस्यो, सबै केन्द्रमा शान्तिपूर्ण मतदान – Nepal Press

इलाम- २ मा २० प्रतिशत मत खस्यो, सबै केन्द्रमा शान्तिपूर्ण मतदान

विराटनगर । उपनिर्वाचन अन्तरगत इलाममा भइरहेको मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अहिलेसम्म २३ हजार भन्दा बढी मत खसेको छ ।

इलाम २ मा मतदाता १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् । अहिले सम्म सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।

बिहान ७ बजे सुरु भएको मतदान १० बजेसम्म सबैतिर मर्यादित रूपमा भइरहेको जानकारी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाम २ मा ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्र छन् । उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *